सुनचाँदीको मूल्य घट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनचाँदीको मूल्य घट्यो


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ ।

अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस