२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमिक्रोन र डेल्टाले संक्रमणको सुनामी ल्याउन सक्छ: डब्लूएचओ

अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले ‘संक्रमणको सुनामीु’ल्याउन सक्ने चेतावनी दिएको छ ।

पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ ।

पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ । फ्रान्समा लगातार दोस्रो दिन २ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोल्यान्डमा कोरोनाको चौथो लहर तीव्र रूपमा फैलिइरहेको छ ।

पोल्यान्डमा बुधबार मात्रै कोरोनाका कारण ७९४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु भएकामध्ये तीन चौथाइले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ ।

त्यस्तै पछिल्लो समय डेनमार्क, पोर्चुगल, इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ । पछिल्लो समय विश्वभर कोरोनाको ओमिक्रोन भेरिएन्ट नै हाबी भएको विज्ञहरूको भनाइ रहेकाे छ । डेल्टाको तुलनामा यसबाट हुने जोखिम कम भए पनि यसैका कारण संक्रमणमा तीव्रता आएको जनस्वास्थ्यविद्को भनाइ छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पनि डेल्टा र ओमिक्रोन नै विश्वमा तीव्र रूपमा भइरहेको संक्रमणको प्रमुख कारण भएको बताएका छन् ।

भाइरस निरन्तर रूपमा उत्परिवर्तित भइरहेको छ । यदि हामीले सामूहिक रूपमा प्रयत्न नगर्ने हो भने यसले हाम्रो स्वास्थ्य प्रणालीलाई चुनौती थप्ने छ।

कीर्तिमानी संख्यामा संक्रमण बढ्नुमा डेल्टा र ओमिक्रोन भेरिएन्ट दुवै प्रमुख कारण रहेको छ । ओमिक्रोन धेरै संक्रामक हुनु चिन्ताको कुरा हो । उही समयमा डेल्टाजस्तै यो भेरिएन्ट पनि फैलिइरहेकाले संक्रमणको सुनामी आउन सक्ने जोखिम छ । कोभिडका कारण मात्रै स्वास्थ्य प्रणाली धराशायी नभएको उल्लेख गर्दै स्वास्थ्यकर्मी आफैं बिरामी परेकाले थप चुनौती थपिएको छ ।

त्यस्तै खोप नलगाएका व्यक्ति सबैभन्दा बढी जोखिममा रहेकाले पनि यसलाई तीव्रता दिनुपर्ने छ । डब्लूएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ मुलुकले ४० प्रतिशतले पनि खोप नलगाएको बताइएको छ ।

न्यून आय भएका मुलुकमा खोपको आपूर्ति कम भएको र सिरिन्ज अभावका कारण उत्पादित भएका खोपको पनि म्याद जाने जोखिम थपिएको छ । यसले २०२२ को जुलाईसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने डब्लूएचओको लक्ष्यमा चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस