भारतले नेपालको भूमि नक्सामा राख्दा पनि सरकार किन मौन: नेता रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतले नेपालको भूमि नक्सामा राख्दा पनि सरकार किन मौन: नेता रावल


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो?’

उनले गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको आरोप लगाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस