२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा मानवअधिकार उल्लङ्घनका घटनामा कमी

अ+ अ-

चितवन । जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो ।

सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लङ्घनका ९२ घटना भएका छन् ।

अघिल्लो वर्ष यसै अवधिमा ११० घटना भएका थिए । सन् २०२१ मा भएका घटनामा ८८ महिला र चार पुरुष पीडित बनेका छन् । इन्सेक चितवनका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयमा परेका उजुरीका आधारमा घटना विवरण सङ्कलन गरिएको हो ।

बालअधिकार उल्लङ्घनका ५१, हत्याका चार, महिला अधिकार उल्लङ्घनका ३७ घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बलात्कारका घटनामा बालिका २९ र महिला १६ जना पीडित बनेका छन् । बालविवाह एक र बहुविवाहका १० घटना भएका छन् ।

यौन दुराचारमा १७ बालिका र एक बालक, जबर्जस्ती करणी प्रयासमा सात महिला पीडित बनेका छन् ।

बेचबिखनमा तीन महिला र तीन बालिका परेका छन् । कुटपिटबाट दुईको मृत्यु भएको छ भने धारिलो हतियार प्रहारबाट एक महिलाको ज्यान गएको छ । हत्या गरिएको अवस्थामा एक पुरुषको शव भेटिएको तथ्याङ्कमा उल्लेख छ । हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।

सन् २०२० मा महिला बलात्कारका १५ र बलात्कार प्रयासका सात घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बालिका बलात्कारका ३६ र पाँच प्रयासका घटना भएका थिए ।

चार महिला र पाँच पुरुषको हत्या भएको थियो । छ बालिका बालयौन दुव्र्यवहारमा परेका थिए । बहुविवाहका १४ र आत्महत्या दुरुत्साहनका तीन घटना भएका इन्सेकले जनाएको छ ।

मानव बेचबिखनका चार, बम विष्फोटका एउटा, हातहतियारसम्बन्धी एउटा र राज्यविरुद्धका अपराधका पाँच घटना भएको अधिकारीले जानकारी दिए ।

गत असोज २८ गते कुटपिटबाट ज्यान गुमाएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकका परिवारले दुई महिना पूरा हुँदा अझै शव बुझेका छैनन् ।

हत्याको आरोपमा पक्राउ परेका दुईलाई आवेश प्रेरित हत्या भनेर मुद्दा चलाइएको छ । हत्या भएकै दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । प्रहरीले गत कात्तिक २२ गतेदेखि आरोपितद्वयलाई पुर्पक्षका लागि थुनामा राखेको छ ।

समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले मानवअधिकार उल्लङ्घनका घटना रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।