ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई वार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यास ब्याक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई वार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यास ब्याक


१४ पुस २०७८, बुधबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यास ब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ ।

बैङ्कले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकहरूलाई पौष १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने छ ।

वार्षिकोत्सवकै अवसरमा ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यले पटकको क्युआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा रु। ३०० सम्म क्यास ब्याक प्रदान गर्ने बैङ्कले जनाएको छ । पौष १७ गते देखि लागु हुने क्यास ब्याक योजना सीमित अवधिका लागि रहनेछ ।

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैङ्कको २८७ शाखा, २५२ एटिएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस