पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश


१४ पुस २०७८, बुधबार


काठमाडौँ। सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

नेपाल पर्यटन बोर्डले सिइओ रेग्मीमाथि लागेका आरोपहरूको छानबिनका लागि उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेसँगै बोर्डको ऐनअनुसार रेग्मी स्वतः निलम्बन भएका थिए ।

निलम्बन गैर कानुनी भएको भन्दै अदालत गएका रेग्मीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस