नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा युनिक लुद्दिन प्रालिका सञ्चालक विरुद्ध मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा युनिक लुद्दिन प्रालिका सञ्चालक विरुद्ध मुद्दा


१४ पुस २०७८, बुधबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाइ राजश्व छली गरेको अभियोगमा बाराको युनिक लुद्दिन इन्टरनेसनल प्रालि र त्यसका सञ्चालकविरूद्ध मुद्दा दायर गरेको छ।

वस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि करण बिजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोपमा उक्त प्रालि र सञ्चालक जमालद्दिन अन्सारी, जयकिशोर साह, सूर्यजितप्रसाद साह र तयनाथ अधिकारीविरूद्ध आज (बुधबार) मुद्धा दायर गरेको हो ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धि कर ५ करोड ३५ लाख १२ हजार ८०४, आयकर ९ करोड ३४ लाख २७ हजार ११ र लाभांश १ करोड ३५ लाख छलेको अनुसन्धानमा खुलेको छ।

विभागले १६ करोड चार लाख ४६ हजार ४३३ रुपैयाँ बिगो माग गर्दै बुधबार मुद्धा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस