राजसंस्थाको आवश्यकता झनै बढ्यो : राजेन्द्र लिङदेन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजसंस्थाको आवश्यकता झनै बढ्यो : राजेन्द्र लिङदेन


१४ पुस २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्।

लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गरे ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा आज (बुधबार) काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपाललाई अन्य देशबाट आउन सक्ने खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गरे ।

राजा विरेन्द्रले विदेशीसँग नझुकी २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको लिङदेनले बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे । उनले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस