तनहुँमा पाँच दिनदेखि महिला सम्पर्कविहीन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तनहुँमा पाँच दिनदेखि महिला सम्पर्कविहीन


१४ पुस २०७८, बुधबार


बालक बेपत्ता

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

यही पुस १० गतेदेखि घर छाडेर हिडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ । चर्च जान्छु भनेर घरबाट हिडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ ।

उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिए । नीरमायाको मोबाइलसमेत अफ रहेको उनले बताए । सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ ।

थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस