प्रतिकूल मौसमका कारण हवाई उडानहरु प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिकूल मौसमका कारण हवाई उडानहरु प्रभावित


१४ पुस २०७८, बुधबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् ।

रातिदेखि नै काठमाडौँसहित देशका अधिकांश ठाउँमा पानी परिरहेकाले उडान प्रभावित भएको हो ।

एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।

डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।

सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस