२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी महाधिवेशन: आज प्रचण्डको प्रतिवेदनमाथिको निष्कर्ष सुनुवाइ

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको निष्कर्ष सुनाइँदै छ ।

राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि मङ्गलवार दिनभर समय दिइएकोमा आज मध्यान्न १२ बजेसम्मका लागि समय थप गरिएको छ ।

अधिकांश समूहले मङ्गलवार नै वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले आज मध्यान्न १२ बजेभित्र छलफल सक्ने बताइएको छ ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै सुझाव दिएका छन् । ती सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरूले आज १२ बजेपछि महाधिवेशन स्थल प्रज्ञा भवनमा निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ ।

छलफलको निष्कर्ष सुनाउन प्रत्येक समूहका समन्वयकर्तालाई १५ मिनेटको समय दिइने माओवादीले बताएको छ ।