माओवादी महाधिवेशन: आज प्रचण्डको प्रतिवेदनमाथिको निष्कर्ष सुनुवाइ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादी महाधिवेशन: आज प्रचण्डको प्रतिवेदनमाथिको निष्कर्ष सुनुवाइ


१४ पुस २०७८, बुधबार


काठमाडौँ । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको निष्कर्ष सुनाइँदै छ ।

राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि मङ्गलवार दिनभर समय दिइएकोमा आज मध्यान्न १२ बजेसम्मका लागि समय थप गरिएको छ ।

अधिकांश समूहले मङ्गलवार नै वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले आज मध्यान्न १२ बजेभित्र छलफल सक्ने बताइएको छ ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै सुझाव दिएका छन् । ती सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरूले आज १२ बजेपछि महाधिवेशन स्थल प्रज्ञा भवनमा निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ ।

छलफलको निष्कर्ष सुनाउन प्रत्येक समूहका समन्वयकर्तालाई १५ मिनेटको समय दिइने माओवादीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस