काठमाडौँमा गए रातिदेखि वर्षा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

काठमाडौँमा गए रातिदेखि वर्षा


१४ पुस २०७८, बुधबार


काठमाडौँ । काठमाडौँमा गए रातिदेखि वर्षा भएको छ।

साथै मुलुकका अधिकांश स्थानमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ।

देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी भूभागमा वर्षा र हिमाली भेगमा हिमपात भएको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौँसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना छ।

काठमाडौँमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ। मौसमविद् नगरकोटीका अनुसार पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस