प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन सभामुख यादवको नेतृत्वमा विशेष समिति गठन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन सभामुख यादवको नेतृत्वमा विशेष समिति गठन


१३ पुस २०७८, मंगलबार


धनुषा । प्रदेश २ को नामकरण र राजधानी टुङ्गो लगाउन प्रदेशसभाबाट विशेष समिति गठन गरिएको छ । आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा उपसभामुख उपमा देव छिन् भने सदस्यहरूमा उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्‍वर साह, विन्देश्वर प्रसाद यादव, शत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री देवी साह, सुन्दर बहादुर विश्वकर्मा र सुरीता साह छन् ।

यस समितिले प्रदेशको नामकरण र राजधानीका लागि प्रदेशसभामा पेस भएको प्रस्ताव अध्ययन गरी सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने र प्रदेशसभामा निर्णयार्थ पेस गर्ने विषयलाई यकिन गरी प्रतिवेदन बुझाउने जनाइएको छ । यसका लागि समितिलाई १५ दिनको समयावधि दिएको छ ।

समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीसँग सहयोग लिन सक्ने सभामुख यादवले जनाए । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र राजधानीबारे २ वटा प्रस्ताव दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस