बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन


१२ पुस २०७८, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्ताबेज प्रस्तुत गरेका हुन् । उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन ।

अध्यक्षको प्रतिवेदन लगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।वैचारिक राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस