सोलुखोला दुधकोशी आयोजनामा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु, एक घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सोलुखोला दुधकोशी आयोजनामा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु, एक घाइते


१२ पुस २०७८, सोमबार


काठमाडौँ । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।

आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले बताए ।

घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको हो ।

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप पड्किएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन ।

घटनामा घाइते भएका एक इन्जिनियर काठमाडौँमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस