कैलालीमा एक किशोर–किशोरी मृत फेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कैलालीमा एक किशोर–किशोरी मृत फेला


१२ पुस २०७८, सोमबार


धनगढी । कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र किशोरीको शव फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीया छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस