सिके राउतका कार्यकर्ताले गरे गाडीहरु तोडफोड « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सिके राउतका कार्यकर्ताले गरे गाडीहरु तोडफोड


११ पुस २०७८, आइतबार


लहान । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।

मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार–पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको बताइएको छ ।

औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको छ ।

गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ भने तीमध्ये, एक जनालाई पक्राउ गरेको छ । यसको विरोधमा जनमत पार्टीले गाउँपालिकामा तालाबन्दी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस