माओवादीमा १५ पदाधिकारीसहित २९९ केन्द्रीय समिति सदस्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीमा १५ पदाधिकारीसहित २९९ केन्द्रीय समिति सदस्य


११ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारीसहित २९९ केन्द्रीय समिति सदस्य बनाउने भएको छ ।

केन्द्रीय समितिको बजे बसेको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस