माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु


११ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुने भएको छ ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसके पनि महाधिवेशनमा परिणत गर्ने निर्णय भने आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने छ ।

सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो । राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेशका प्रतिनिधि काठमाडौँमा आइसकेका छन् ।

सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस