२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

अ+ अ-

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा राष्ट्रिय स्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष, माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सह आयोजनामा यही पुस १७ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिए । नवलपरासी पूर्व नवलपुर र पश्चिम नवलपरासीसहित काठमाडौँ, पोखरा, हेटौँडा, चितवन, सुर्खेत, वीरगञ्जलगायतका गरी १२ टिमले सहभागिता जनाउने उनले बताए ।

प्रतियोगिताको फाइनल खेल भने पुस २४ गते हुने जनाइएको छ । प्रतियोगितामा विजेता हुने टिमले एक लाख र उपविजेता हुने टिमले ५१ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने सहआयोजक क्लबका सल्लाहकार पुष्परत्न महतोले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब छ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीय तह, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामाजिक व्यक्तित्व एवं सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

जिल्लामा राष्ट्रिय स्तरको खेल गर्दा खेलले यहाँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष पुनले बताए । ‘राष्ट्रिय स्तरको भेट्रान्स फुटबल प्रतियोगिताले खेलसँगै पर्यटनलाई समेत जोड्ने अपेक्षा छ, देशका विभिन्न स्थानबाट आउने खेलाडीमार्फत जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउँछ’, उनले भने, ‘खेललाई जिल्ला चिनाउने थलोका रूपमा समेत प्रतियोगितालाई लिएका छौँ ।’