२४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टी, २२६ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टी, २२६ जना संक्रमणमुक्त


१० पुस २०७८, शनिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १६७ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ४४७ नमूना परिक्षणमा उक्त संख्यामा पोजेटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनासंक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।

त्यस्तै बितेको २४ घन्टामा १ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ५ सय ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस