काँग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर


१० पुस २०७८, शनिबार


जनकपुर । नेपाली काँग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मत परिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन्, भने उनीहरूको निकट प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेसप्रसाद महतोले ७०३ मत ल्याएका छन् । सह महामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने, उनीहरूको निकट प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सह महामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याएर विजयी भएकी छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरेका छन् । यसअघि हिजो नै नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन् । यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भका थिए भने निकट प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत प्राप्त गरेका थिए ।

प्रदेश समितिका सदस्य पदको मतगणना भइरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस