दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण


१० पुस २०७८, शनिबार


दमक । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो ।

विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । डेढ वर्ष अघिदेखि सो काम सुरु भएको थियो ।

कम्तीमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाइएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिइन् ।

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यमा पाइपलाइनबाट अक्सिजन पुर्याउने लक्ष्य छ । विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रुपमा दमक अस्पताल बनेको हो ।

अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले दैनिक सरदर एक हजार हाराहारीमा विपन्न समुदायका लागि स्वास्थ्य बीमासहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस