बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद र गोपनीयताको सपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद र गोपनीयताको सपथ


९ पुस २०७८, शुक्रबार


मकवानपुर । बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले सपथ लिएका हुन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिएका हुन् । राज्यमन्त्रीमा सन्त प्रजा मनोनित भएसँगै पहिलो पटक संसद्मा चेपाङ जातिको प्रतिनिधित्व भएको छ । यसअघि मकवानपुरकै गोविन्द चेपाङ संविधानसभा सदस्य भएका थिए । मकवानपुर चितवनलगायत जिल्लामा चेपाङ जातिको बसोबास रहेको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् भने अन्य चार जना राज्यमन्त्री नियुक्त भएका हन् । प्रदेश मन्त्री र राज्यमन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस