२४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

२४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त


९ पुस २०७८, शुक्रबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ । त्यसैगरी शुक्रबार ३४९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १० हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेका छन् । जसमध्ये ४ हजार ८१७ जना होम आइसोलेसनमा रहेका छन् भने २३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस