थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप काठमाडौँ आइपुग्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप काठमाडौँ आइपुग्यो


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । कोभ्याक्स सुविधा अन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज (शुक्रबार) बिहान ल्याइएको फाइजर खोप टेकुमा भण्डारण गरिएको छ ।

पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ ।

नेपालले यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो। उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीका बिरामीहरूलाई लगाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस