रु २०० ले घट्यो सुनको मूल्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रु २०० ले घट्यो सुनको मूल्य


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस