अफगानिस्तानमा छ सय बढी पत्रकारको जागिर गुम्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानमा छ सय बढी पत्रकारको जागिर गुम्यो


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । अफगानिस्तानमा तालीबान विद्रोहीले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले जागिर गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।

रिपोटर्स विदआउट बोर्डसले गरेको सर्वेक्षण अनुसार तालीबान विद्रोहीले २ सय ३१ वटा सञ्चार गृह बन्द गर्न निर्देशन दिएको र त्यसबाट ती पत्रकारहरुको जागिर गुमेको हो ।

५ महिनाको अवधिमा जागिर गुमाउने पत्रकारहरुमा ८० प्रतिशत महिला रहेका छन् । जागिर गुमाउनेहरु मध्ये अधिकांश हेरात प्रान्तका १८ वटा सञ्चारकेन्द्र र परवान प्रान्तका १० सञ्चार केन्द्र सम्बद्ध पत्रकारहरु रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस