राष्ट्रपति बाइडेनद्वारा चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति बाइडेनद्वारा चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने एक कानुनमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले चीनसँग सम्बन्ध बिग्रिरहेका बेला सिनजियाङ प्रान्तमा उत्पादित सामग्रीमाथि प्रतिबन्ध लगाउने एक कानुनमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

चीनले अल्पसङ्ख्यक उइगुर मुस्लिमलाई दमन गरेका कारण जिनसियाङ प्रान्तका सामानमाथि प्रतिबन्ध लगाउने कानुन अमेरिकाका दुवै सदन (हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेट)बाट यसै महिनाको सुरुमा सर्वसम्मत पारित भएको थियो ।

सिनजियाङ प्रान्तमा कपास र सोलर प्यानलको ठुलो आपूर्तिकर्ता हो । नयाँ कानुनमा उक्त प्रान्तमा बनेका लगभग सबै सामग्रीको आयातमाथि प्रतिबन्ध लगाउने उल्लेख छ । यसबाहेक, आपूर्तिकर्ताले आयात गरिने वस्तु बाध्यकारी श्रमबाट नबनेको भनेर प्रमाणित गर्नुपर्ने छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीले सिनजियाङ क्षेत्रमा पछिल्ला वर्ष १० लाखभन्दा बढी मानिसलाई श्रम शिविरमा थुनिएको आरोप लगाउँदै आएका छन् । अमेरिकासहित कैयौँ मानव अधिकार समूहले चीनको उक्त कार्यलाई नरसंहारको संज्ञा समेत दिएका छन् ।

तर चीनले सिनजियाङमा अल्पसङ्ख्यक मुस्लिममाथि दमन गरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस