रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व सङ्कलन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व सङ्कलन


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । रसुवा भन्सार कार्यालय टिमुरेले मङ्सिर महिनामा लक्ष्यभन्दा अठासी प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्ष ०७८/७९ को मङ्सिर महिनामा राखेको लक्ष्यको ८८ दशमलव ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद मैनालीका अनुसार मङ्सिर महिनामा कार्यालयले एक अरब ३ करोड ६९ लाख ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ  ।

मङ्सिर महिनामा ५४ करोड ७१ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा ५८ करोड ३५ लाख ७८ हजार रुपैयाँ बढी हो ।

रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ  जुन चालू आर्थिक वर्षको पाँच महिनामा वार्षिक लक्ष्यको ५४ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस