नेपाली काँग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली काँग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ ।

शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिएका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् ।

विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् । निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइभन्दा बढी पदमा जित हासिल गरेको छ ।

पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्री महाधिवेशनबाट निर्वाचनबाट आएका छन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस