पन्जाबस्थित एक अदालतमा बम विस्फोट : दुई जनाको मृत्यु, चार जना घाइते « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पन्जाबस्थित एक अदालतमा बम विस्फोट : दुई जनाको मृत्यु, चार जना घाइते


८ पुस २०७८, बिहिबार


काठमाडौँ । भारतको पन्जाबस्थित लुधियानाको अदालत परिसरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन् । उनीहरुले अदालतलाई पुरै घेरेर कडा सुरक्षामा राखेका छन् ।

लुधियानाको प्रहरी कमिस्नरले बिबिसीलाई दिएको जानकारी अनुसार विस्फोट दिउँसो १२ बजेर २२ मिनेटमा अदालतको दोस्रो तलामा रहेको रेकर्ड कक्षमा भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस