माओवादी त्यागेर एमाले प्रवेश गर्दै गाउँपालिका अध्यक्ष जालिम मियाँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी त्यागेर एमाले प्रवेश गर्दै गाउँपालिका अध्यक्ष जालिम मियाँ


८ पुस २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् ।

एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको सङ्ख्या तीन पुग्न लागेको छ ।

ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभालाई सम्बोधन गर्न जाँदै छन्। अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा पुग्दै छन्।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुखले एमाले रोजेका थिए।

प्रदेश २ की एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका प्रमुख सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस