भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित, सबैभन्दा बढी दिल्लीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित, सबैभन्दा बढी दिल्लीमा


८ पुस २०७८, बिहिबार


एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ।

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्।

यस्तै कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४, जम्बु/काश्मिरमा ३, उडिसा र उत्तर प्रदेशमा २/२ तथा आन्द्र प्रदेश, चण्डीगढ, लद्दाख, तमिलनाडु र पश्चिम बंगालमा १/१ संक्रमित फेला परेका छन्।

मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमित ९० जना निको भइसकेका छन् भने १२३ जना सक्रिय संक्रमित छन्। भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित १८ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट ६ हजार ३ सय १७ जना संक्रमित थपिएका छन्।

यो अघिल्लो दिनको तुलनामा १८।६ प्रतिशतले बढी हो। हाल भारतमा कोरोनाका सक्रिय संक्रमित ७८ हजार १ सय ९० जना छन्।

यस्तै भारतमा निको हुने दर ९८.४० प्रतिशत छ। पछिल्लो २४ घन्टामा ६९०६ जना निको भएका छन्।

त्यसैगरी पछिल्लो २४ घन्टामा ३ सय १८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस