२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैन: प्रदेश प्रमुख शेरचन

अ+ अ-

कास्की । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् ।

‘धर्म, संस्कृति हाम्रो परम्परा ः संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रथम थकाली युवा राष्ट्रिय भेला’को उद्घाटन गर्दै उनले युवालाई राष्ट्र हितमा काम गर्न र सामाजिक उत्तरदायित्व बहन गर्नसमेत आग्रह गरे ।

उनले भने, ‘राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्तित्व रहन्न । यदी नेपाल नै रहेन भने हामी नेपाली पनि कहाँ रहन्छौँ र ? नेपाली नै भईंदैन अनि हामी थकाली पनि रहँदैनौँ ।’ प्रदेश प्रमुख शेरचनले थकालीका जनसङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण थकालीलाई एकताको सुत्रमा बाँध्नुपर्नेमा जोड दिए । उनले भने, ‘थकालीहरु सम्पन्नताको क्षेत्रमा अगाडि छन्, अब पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुपर्यो ।’

पुस ११ गतेसम्म चल्ने भेलामा देशभरका १९ क्षेत्र र विदेशका तीन क्षेत्रगरी २२ क्षेत्रका युवाका सहभागिता रहेको थकाली राष्ट्रिय युवा समितिका तदर्थ समिति संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । थकाली युवालाई आफ्नो वेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्देश्यले भेला आयोजना गरिएको उनले बताए ।

भेलामा ‘थकाली युवा, अवसर, चुनौती र सम्भावना’ विषयक बहस आयोजना गरिएको र सो बहसमा विभिन्न क्षेत्रका प्रतिष्ठित एवं प्रबुद्ध व्यक्तिहरुको सहभागिता रहने संयोजक शेरचनले जानकारी दिए । यसैगरी भेलाका अवसरमा नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको छ ।