माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी


८ पुस २०७८, बिहिबार


विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।

मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए भने, मेन्याङ्बोले ६४ मत पाए ।

तीनजना उपाध्यक्षमा देवान चाम्लिङ १२०, शिवकुमार डाँगी ११३ र मणिकुमार साम्पाङ १११ विजयी भएका छन् ।

एक जना सचिवमा गणेश उप्रेती सुशील विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

३ जना सहसचिवमा कुमारी राई ११४, ऋषिराम ढुंगाना ९५ र सागर किराँती ७३ विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।

माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास असफल भएपछि बुधबार बेलुका निर्वाचन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस