२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवस्था होइन, मुलुकको अवस्था बदलौँ : महामन्त्री शर्मा

अ+ अ-

झापा । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताएका छन् ।

महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृह जिल्ला आएका उनले झापा र झापालीलाई आभार व्यक्त गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनःस्थापनाको भ्रम नफैल्याउन आग्रह गरे। संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाई गर्ने उनको भनाइ थियो ।

‘ठूलो पदमा पुगेँ भनेर म आफू जन्मेको जिल्लामा बधाई थाप्न पनि आएको होइन’, महामन्त्री शर्माले भने, ‘जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यही बेला बधाई पाउने हक राखुँला तर अहिलेलाई तपाईंहरुप्रति हार्दिक आभार व्यक्त गर्न आएको हूँ, शुभकामना लिन आएको हूँ ।’

उनले पार्टीको १४औँ महाधिवेशनले आम कार्यकर्तामा ऊर्जा भरेको चर्चा गर्दै चुनावमा भएको हार जितलाई लिएर कसैले कसैसँग पनि पूर्वाग्रही र विभेद्पूर्ण व्यवहार नगर्न अनुरोध गरे । उनले आफूलाई आम कार्यकर्ताले विवेकको मत दिएको हुँदा पार्टीलाई सबल र सशक्त बनाउन दृढतापूर्वक लाग्ने बताए ।

उनले झापा जिल्ला विद्रोहको विम्ब भएको र मुलुकको प्रजातान्त्रिक एवं वामपन्थी आन्दोलनको विद्रोह झापामै भएको उल्लेख गर्दै आफूले महामन्त्रीको उम्मेदवार हुँदै गर्दा वाचा गरेको २४ बुँदे अवधारणा पूरा गराउन प्रतिबद्ध रहेको बताए । काठमाडौँबाट आज चन्द्रगढी विमानस्थलमा आइपुग्दा उनलाई कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए । उनले त्यहाँबाट मेची बहुमुखी क्याम्पसको हातामा पुगेर विसं २०४६ का शहीद राम थापाको सालिक र चन्द्रगढीमा रहेको जननायक विशेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण र श्रद्धासुमन अर्पण गरेका थिए ।

चन्द्रगढी विमानस्थलमा हवाइजहाजबाट ओर्लिनासाथ उनले भुइँमा निधारले ढोगेर गृहभूमिप्रति अगाध श्रद्धा व्यक्त गरेका थिए । ‘जुन धरतीले मलाई जन्मायो, जुन माटोमा मैले हुर्किने र खेल्ने मौका पाएँ, त्यही माटोप्रति मेरो श्रद्धा हो यो’, उनले भनेका थिए । आभार व्यक्त गर्न बिर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा मञ्च खाली राखेर उनी र अतिथिहरु आम कार्यकर्ता बसेकै लहरमा बसेका थिए । मञ्चमा शहीदका तस्बीर मात्र राखिएको थियो । कार्यक्रममा स्वागत मन्तव्यसमेत २०६२/०६३ को जनआन्दोलनका शहीद राजन गिरीका पिता शमशेर गिरीले राखेका थिए ।