दमकमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

दमकमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु


७ पुस २०७८, बुधबार


दमक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटनाहुँदा एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी अनुसार गएराति बा ३ ख ८६२७ नं को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।

प्रहरीले सवारी चालक धनकुटा नगरपालिका– १० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस