प्रतिनिधिसभा बैठकबाट दुई अध्यादेश स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा बैठकबाट दुई अध्यादेश स्वीकृत


६ पुस २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।

बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।

उक्त दुवै अध्यादेशलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस