डोटीमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते


६ पुस २०७८, मंगलबार


डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुन् ।

बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए ।

उनका अनुसार भालुले उनका टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पुर्याएको छ । भालुले आक्रमण गर्दा उनी भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको छ ।

घाइतेको दिपायलमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस