आउँदो चुनावमा कसैको बहुमत आउँदैन, गठबन्धन अघि बढ्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आउँदो चुनावमा कसैको बहुमत आउँदैन, गठबन्धन अघि बढ्छ : अध्यक्ष नेपाल


५ पुस २०७८, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले गठबन्धन राजनीति अघि जाने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनले आज (सोमबार) पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा यस विषयमा छलफल भइरहेको बताए ।

राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको छ, अध्यक्ष नेपालले भने, आगामी चुनावमा कसैले पनि बहुमत आउँदैन । त्यसैले गठबन्धनको सरकार लामो समयसम्म चल्ने छ । यस विषयमा पनि गठबन्धनभित्र छलफल भएको छ ।

एमाले अध्यक्ष ‌ओलीको चर्को आलोचना गर्दै अध्यक्ष नेपालले भने, ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस