बसको ठक्करबाट स्कुटर चालकको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


४ पुस २०७८, आइतबार


दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस