यो वर्ष विद्युत खपत करिब ३ सय मेगावाटले बढ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यो वर्ष विद्युत खपत करिब ३ सय मेगावाटले बढ्यो


४ पुस २०७८, आइतबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत वर्षको तुलनामा यो वर्ष विद्युतको खपत औसत ३ सय मेगावाटको हाराहारीमा बढेको जनाएको छ ।

प्राधिकरणले उद्योग तथा घरायसीतर्फको विद्युतको माग उच्च दरले बढेको जनाएको हो । प्राधिकरणले जाडो बढेसँगै आन्तरिक खपत बढेको र विद्युत् खपत बढाउन उद्योगहरुलाई प्रोत्साहित गरेसँगै यस तर्फ पनि खपत उच्च दरले बढेको जनाएको छ ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन प्राधिकरणले विभिन्न कदम चाल्दै आएको जनाएको छ ।

यसका लागि विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिए जति विद्युत् उपलब्ध गराउने नीतिलिई सोहीअनुसार काम भइरहेको प्राधिकरणको भनाइ छ ।

विद्युतीय चुल्हो, एयर कन्डिसनर लगायत विद्युतबाट चल्ने घरायसी विद्युतीय उपकरणको प्रयोगमा भएको वृद्धि र ठुला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष काठमाडौं उपत्यकाको पिक डिमान्ड २९३ मेगावाट रहेकोमा यस वर्ष ३८२ मेगावाट पुगेको प्राधिकरणको तथ्याङ्क छ । पिक डिमान्ड ३० प्रतिशतको हाराहारीमा बढेको र यो उपलब्धिमूलक भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस