लालपुर्जा माग्दै बाँदरझुलाबासीद्वारा काठमाडौँमा आन्दोलन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लालपुर्जा माग्दै बाँदरझुलाबासीद्वारा काठमाडौँमा आन्दोलन


४ पुस २०७८, आइतबार


काठमाडौँ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्वासी समुदायले काठमाडौँमा आन्दोलन सुरु गरेका छन् ।

आज (आइतबार) बाँदरझुला सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन ।

बाँदरझुला सङ्घर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौँ केन्द्रित आन्दोलन गर्नु परेको बताइन् ।

उनले काठमाडौँमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताइन् । संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक-पटक आन्दोलन गरे पनि माग पुरा नभएको बताइन् । उनले अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौँ आएको बताइन् ।

सुकुम्वासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताइन् ।

सुकुम्वासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङ्कन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरु घर खोजी रहेका छौँ, तिमिहरु बस्ती जलाउँछौँ लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस