आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा


४ पुस २०७८, आइतबार


काठमाडौँ । सरकारको आज सार्वजनिक बिदा दिएको छ।

उधौली पर्व तथा योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

देशभर सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकामा सबैलाई सार्वजनिक बिदा दिइएको गृहले निकालेको सूचनामा उल्लेख छ।

पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस