ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ, ६७ देशबाट आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिन « प्रशासन
Logo २ जेष्ठ २०७९, सोमबार
   

ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ, ६७ देशबाट आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिन


३ पुस २०७८, शनिबार


काठमाडौँ । अफ्रिकन मुलुकबाट फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ ।

स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको हो ।

मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस