शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।

सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गर्दै पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस