राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ ।

राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ ।

कम्पनीले व्यवस्थापकमा एक, सह व्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब व्यवस्थापकमा मधेसी एक, कानुन अधिकृत खुलाबाट एक जना माग गरेको छ । तह नौदेखि तह चारसम्मका विभिन्न पदका विभिन्न कोटाबाट कम्पनीले कर्मचारी माग गरेको हो ।

योग्य आवेदकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् आउँदो माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, म्याद समाप्त भएको मितिले सात दिन अर्थात् माघ ८ गतेभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

आवेदनमा माग गरिएका पदहरूको लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस