एन्फाका पदाधिकारीद्वारा कार्यसमितिको बैठक माग « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एन्फाका पदाधिकारीद्वारा कार्यसमितिको बैठक माग


१ पुस २०७८, बिहिबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षससहित सात पदाधिकारीले केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै बिहीबार एन्फा सचिवालयमा निवेदन दर्ता गरेका छन् । उनीहरूले बैठकको माग गरे पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्का, सदस्यहरू किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले कार्यकारी समितिको बैठक माग गर्दै निवेदन दर्ता गरेका हुन् । संयुक्त रुपमा दर्ता गरिएको निवेदनमा उनीहरूले ‘लामो समयदेखि बस्न नहुँदा महत्वपूर्ण विषयहरूमाथि छलफल नभएकोले खेलको विकासमा गतिरोध देखापरेको तथा विधि–प्रक्रियाविहीन ढंगबाट संघ सञ्चालन नभएको’ आरोप पनि लगाएका छन् । साथै, जिल्ला, प्रदेश र राष्ट्रिय लिग तथा राजधानीका ए, बी र सी डिभिजन लिग सञ्चालनबारे छलफललाई बेवास्ता गरेको दाबी पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस