पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताएका थिए ।

नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका थिए ।

नेता पौडेलले आफू र महामन्त्री डा. शशाङ्क कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताएका थिए ।

भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताएका थिए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस